३ आश्विन २०८३, शनिबार । September 19, 2026

भारतीय नौसेनाका आठ पूर्व अधिकारी कतारमा गिरफ्तार


२२ कार्तिक २०७९, मंगलबार  

6
Shares

एजेन्सी । कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ ।

यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक जानकारी भने आएको छैन् । भारतीय नौसेनाका यी पूर्व अधिकारीहरू कतारको ‘अल–जाहिरा अल–अलामी कन्सल्टेन्सी एण्ड सर्भिसेज’ नामक कम्पनीमा काम गर्थे । यो कम्पनीले कतारी नौसेनालाई तालिम र सामान आपूर्ति गर्दछ।

भारतीय विदेश मन्त्रालयले सुरुमा यसबारे केही नबोले पनि अहिले कतार स्थित भारतीय दूतावासले पक्राउ परेका भारतीयहरूलाई कन्सुलर सेवा उपलब्ध गराउन खोजेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरूलाई किन पक्राउ गरिएको हो भन्नेबारेमा कुनै जानकारी दिएको छैन । उक्त खबर पनि निकै रहस्यमय ढङ्गले बाहिर आएको थियो । २५ अक्टोबरमा डाक्टर म्याथ्यु भार्गव नामकी एक महिलाले ट्वीट गरेकी थिइन् जसमा उनले देशको सेवा गरेका आठ पूर्व भारतीय नौसेना अधिकारीहरू कतारको राजधानी दोहामा गत ५७ दिनदेखि अवैध रूपमा थुनामा रहेको दाबी गरेकी थिइन् ।

उनले आफ्नो ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ट्याग गरेकी थिइन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ