२३ फाल्गुन २०८१, शुक्रबार । March 7, 2025

भारतीय नौसेनाका आठ पूर्व अधिकारी कतारमा गिरफ्तार



एजेन्सी । कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ ।

यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक जानकारी भने आएको छैन् । भारतीय नौसेनाका यी पूर्व अधिकारीहरू कतारको ‘अल–जाहिरा अल–अलामी कन्सल्टेन्सी एण्ड सर्भिसेज’ नामक कम्पनीमा काम गर्थे । यो कम्पनीले कतारी नौसेनालाई तालिम र सामान आपूर्ति गर्दछ।

भारतीय विदेश मन्त्रालयले सुरुमा यसबारे केही नबोले पनि अहिले कतार स्थित भारतीय दूतावासले पक्राउ परेका भारतीयहरूलाई कन्सुलर सेवा उपलब्ध गराउन खोजेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरूलाई किन पक्राउ गरिएको हो भन्नेबारेमा कुनै जानकारी दिएको छैन । उक्त खबर पनि निकै रहस्यमय ढङ्गले बाहिर आएको थियो । २५ अक्टोबरमा डाक्टर म्याथ्यु भार्गव नामकी एक महिलाले ट्वीट गरेकी थिइन् जसमा उनले देशको सेवा गरेका आठ पूर्व भारतीय नौसेना अधिकारीहरू कतारको राजधानी दोहामा गत ५७ दिनदेखि अवैध रूपमा थुनामा रहेको दाबी गरेकी थिइन् ।

उनले आफ्नो ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ट्याग गरेकी थिइन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय