२३ फाल्गुन २०८१, शुक्रबार । March 7, 2025

पाकिस्तानमा डेङ्गीका कारण २४ घन्टामा ५ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेङ्गीको प्रकोप झन् बढेको पाइएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ । पञ्जावमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ ।पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेङ्गीको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।

करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ । यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको थियो । दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ घरबारबिहीन भएका छन् ।

बाढीपछिको फोहर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण यहाँ डेङ्गीको प्रकोप बढेको बताइएको थियो । तर अहिले पनि सो प्रकोप नघटेको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय