२३ फाल्गुन २०८१, शुक्रबार । March 7, 2025

प्रधानमन्त्री कप क्रिकेट

सोमबार भएको खेलमा सुदूरपश्चिमको पहिलो जित, मधेश र वागमती बराबरीमा



कठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा मधेस प्रदेश र वागमती प्रदेशबीचको खेल टाई भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार सम्पन्न समूह चरणको अन्तिम खेलमा वागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो । मधेसले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा वागमतीका पृथु बास्कोटले सर्वाधिक ४० रनको पारी खेल्दा ओपनरद्वय रित गौतम र इसान पाण्डेले क्रमश ३२ र ३१ रनको पारी खेलेका थिए । यस्तै सूर्य तामाङले २८ रनको व्यक्तिगत स्कोर गर्दा विवेक मगरले २५ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बलिङतर्फ मधेसका राजेश यादव र प्रदीप पासवानले समान तिन तिन विकेट निकाल्दा रुपेश सिंहले २ तथा हरिशंकर शाहले १ विकेट हात पारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसले ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार पारेको थियो । मधेसका लागि ९४ बलको सामना गरेका रोहन विकले ६ चौका र २ छक्काको सहयोगमा ६३ रनको व्यक्तिगत पारी खेलेका थिए । उनका अलावा ओपनर सन्तोष कार्कीले २३ रनको योगदान गर्दा राजेश यादवले १६, कप्तान हरिशंकर शाहले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् ।

सोमवार नै भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५ विकेटको जित निकालेको छ । यससँगै सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रश्तुत गरेको १ सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ दशमलव ४ ओभरमा मात्र ५ विकेटको क्षतीमा भेट्टायो । सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहोराले ४१ र टेक रावलले १८ रन जोडे । गजेन्द्रले ५१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दा टेकले ३० बलमा ३ चौका प्रहार गरे । कर्णालीका रविन्द्र शाहीले ३ र दिवान पुनले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन बनाउन सक्यो । कर्णालीका अर्जुन घर्तीले ९६ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ७० रन जोडे । त्यस्तै सुवास ऐयरले २२ बलमा २४ रन जोडे । सुदूरपश्चिमका नारायण जोशीले ४, हेमन्त धामीले ३ र गजेन्द्रले २ विकेट लिए ।

यस सँगै सुदूरपश्चिमले समूह ए मा ४ खेलबाट २ अंक जोडेको छ । सुदूरपश्चिम चौथो स्थानमा छ । कर्णालीले भने अंक खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय