२२ फाल्गुन २०८२, शुक्रबार । March 7, 2026

प्रधानमन्त्री कप क्रिकेट

सोमबार भएको खेलमा सुदूरपश्चिमको पहिलो जित, मधेश र वागमती बराबरीमा


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

कठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा मधेस प्रदेश र वागमती प्रदेशबीचको खेल टाई भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार सम्पन्न समूह चरणको अन्तिम खेलमा वागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो । मधेसले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा वागमतीका पृथु बास्कोटले सर्वाधिक ४० रनको पारी खेल्दा ओपनरद्वय रित गौतम र इसान पाण्डेले क्रमश ३२ र ३१ रनको पारी खेलेका थिए । यस्तै सूर्य तामाङले २८ रनको व्यक्तिगत स्कोर गर्दा विवेक मगरले २५ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बलिङतर्फ मधेसका राजेश यादव र प्रदीप पासवानले समान तिन तिन विकेट निकाल्दा रुपेश सिंहले २ तथा हरिशंकर शाहले १ विकेट हात पारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसले ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार पारेको थियो । मधेसका लागि ९४ बलको सामना गरेका रोहन विकले ६ चौका र २ छक्काको सहयोगमा ६३ रनको व्यक्तिगत पारी खेलेका थिए । उनका अलावा ओपनर सन्तोष कार्कीले २३ रनको योगदान गर्दा राजेश यादवले १६, कप्तान हरिशंकर शाहले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् ।

सोमवार नै भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५ विकेटको जित निकालेको छ । यससँगै सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रश्तुत गरेको १ सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ दशमलव ४ ओभरमा मात्र ५ विकेटको क्षतीमा भेट्टायो । सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहोराले ४१ र टेक रावलले १८ रन जोडे । गजेन्द्रले ५१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दा टेकले ३० बलमा ३ चौका प्रहार गरे । कर्णालीका रविन्द्र शाहीले ३ र दिवान पुनले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन बनाउन सक्यो । कर्णालीका अर्जुन घर्तीले ९६ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ७० रन जोडे । त्यस्तै सुवास ऐयरले २२ बलमा २४ रन जोडे । सुदूरपश्चिमका नारायण जोशीले ४, हेमन्त धामीले ३ र गजेन्द्रले २ विकेट लिए ।

यस सँगै सुदूरपश्चिमले समूह ए मा ४ खेलबाट २ अंक जोडेको छ । सुदूरपश्चिम चौथो स्थानमा छ । कर्णालीले भने अंक खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по