३० बैशाख २०८३, बुधबार । May 13, 2026

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपमा नविन तण्डुकारको अग्रता


२० कार्तिक २०७९, आइतबार  

18
Shares

काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर नवीन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपमा एकल अग्रता कायम गरेका छन् ।

पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर समुहका खेलाडीहरुको सहभागीता रहेको च्याम्पियनशीपको दोश्रो दिन आईतबार तेश्रो, चौथो तथा पाचौं चरणका खेल खेल सम्पन्न भए । शतप्रतिशत नतिजा निकालेका तण्डुकारले तेश्रो चरणमा भक्तपुरका बलराम नापीत तथा चौथो चरणमा रुपन्देहीका विजय गुरुङलाई पराजीत गरे ।

पाचौं चरणको समाप्तिमा तण्डुकार ५ अंकका साथ शिर्षस्थानमा रहेका छन् । दुई खेलमा बराबरीमा रोकिए पश्चात पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली अंक तालिकाको दोश्रो स्थानमा रहेका छन् । पाचौं चरणमा काठमाडौका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराउन सफल भएका बद्रीलाल तेश्रो चरणमा कास्कीका रामबहादुर क्षत्रीसँग तथा चौथो चरणमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँग अंक बाड्न पुगे ।

पाचौं चरण पश्चात बद्रीलाल तथा विजय गुरुङको समान चारचार अंक भएको छ । विजयले तेश्रो चरणको खेलमा काठमाडौका जर्नादन श्रेष्ठ तथा पाचौं चरणमा बाँकेका तीर्थ बहादुर विकलाई हराए । फिडेमास्टर विलमलाल श्रेष्ठ, पुण्यमान कर्माचार्य, राजेन्द्रप्रसाद श्रेष्ठ, गणेशमान दुवाल, जर्नादन श्रेष्ठ, रामबहादुर क्षत्री तथा भरत धिमालले समान ३ दशमलब ५ अंक बनाएका छन् । त्यसैगरी तिर्थबहादुर विक, बलराम नापित, लवकुमार श्रेष्ठ तथा सिताराम अग्रवाल समान तीनतीन अंकमा रहेका छन् ।
स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी च्याम्पियनशीप अन्र्तगत सोमबार छैटौं तथा सातौं चरणका खेल सञ्चालन गरिनेछ ।

सोमबार बिहान आठ बजे शुरु हुने छैठौं चरणको पहिलो बोर्डमा नविन तण्डुकार र बद्रीलाल नेपालीको भिडन्त हुनेछ । त्यसैगरी दोश्रो बोर्डमा च्याम्पियनशीपका शिर्ष खेलाडी विलमलाले विजय गुरुङसँग प्रतिष्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली