१३ पुस २०८२, आइतबार । December 28, 2025

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपमा नविन तण्डुकारको अग्रता



काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर नवीन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपमा एकल अग्रता कायम गरेका छन् ।

पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर समुहका खेलाडीहरुको सहभागीता रहेको च्याम्पियनशीपको दोश्रो दिन आईतबार तेश्रो, चौथो तथा पाचौं चरणका खेल खेल सम्पन्न भए । शतप्रतिशत नतिजा निकालेका तण्डुकारले तेश्रो चरणमा भक्तपुरका बलराम नापीत तथा चौथो चरणमा रुपन्देहीका विजय गुरुङलाई पराजीत गरे ।

पाचौं चरणको समाप्तिमा तण्डुकार ५ अंकका साथ शिर्षस्थानमा रहेका छन् । दुई खेलमा बराबरीमा रोकिए पश्चात पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली अंक तालिकाको दोश्रो स्थानमा रहेका छन् । पाचौं चरणमा काठमाडौका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराउन सफल भएका बद्रीलाल तेश्रो चरणमा कास्कीका रामबहादुर क्षत्रीसँग तथा चौथो चरणमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँग अंक बाड्न पुगे ।

पाचौं चरण पश्चात बद्रीलाल तथा विजय गुरुङको समान चारचार अंक भएको छ । विजयले तेश्रो चरणको खेलमा काठमाडौका जर्नादन श्रेष्ठ तथा पाचौं चरणमा बाँकेका तीर्थ बहादुर विकलाई हराए । फिडेमास्टर विलमलाल श्रेष्ठ, पुण्यमान कर्माचार्य, राजेन्द्रप्रसाद श्रेष्ठ, गणेशमान दुवाल, जर्नादन श्रेष्ठ, रामबहादुर क्षत्री तथा भरत धिमालले समान ३ दशमलब ५ अंक बनाएका छन् । त्यसैगरी तिर्थबहादुर विक, बलराम नापित, लवकुमार श्रेष्ठ तथा सिताराम अग्रवाल समान तीनतीन अंकमा रहेका छन् ।
स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी च्याम्पियनशीप अन्र्तगत सोमबार छैटौं तथा सातौं चरणका खेल सञ्चालन गरिनेछ ।

सोमबार बिहान आठ बजे शुरु हुने छैठौं चरणको पहिलो बोर्डमा नविन तण्डुकार र बद्रीलाल नेपालीको भिडन्त हुनेछ । त्यसैगरी दोश्रो बोर्डमा च्याम्पियनशीपका शिर्ष खेलाडी विलमलाले विजय गुरुङसँग प्रतिष्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल उठ्ने पक्का ? नेकपाको सिफारिसले मच्चियो चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई