६ कार्तिक २०८३, शुक्रबार । October 24, 2026

नाङ्लो समूहले शुरु गर्‍यो द चाईनिज रुम


२० कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ ।

नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रेष्टुरेण्ट शुरु गरेको हो । सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि. ले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध हुने ५४ सिट क्षमताको रेष्टुरेण्ट आईतबारबाट सञ्चालनमा ल्याएको बताएको छ ।

आईतवार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लो प्रा.लि.का अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले सानो क्षमताको रेष्टुरेण्ट भएपनि यसले दिने सेवामा कुनै कम्परमाइज नहुने बताए । उनले यसअघि पनि नाङ्लो प्रा.लि.ले ५ सय सिट क्षमताको रेष्टुरेण्ट सञ्चालन गरिसकेको भन्दै यो रेष्टुरेण्टमा चाइनिज परिकार र स्वेचन खाना पनि पाइने बताए । रेष्टुरेण्ट बिहान ११ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने र ग्राहकहरुले अर्डरको लागि बुक गर्नसक्ने जनाईएको छ ।

अध्यक्ष कक्षपतीले धेरैको माग पुरानै स्वादमा परिकारहरु उपलब्ध गराउनुपर्ने आएकाले त्यही अनुसार रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि