२२ माघ २०८२, बुधबार । February 4, 2026

कालीगण्डकीमा र्‍याफटिङ शुरु, पर्यटक उत्साहित (भिडियो सहित)

रुरु क्षेत्रदेखि राम्दीसम्म २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने



पाल्पा । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्‍याफटिङ शुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ ।

शाहसिक प्रतियोगिता मानिने र्‍याफटिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् । कोभिड १९ का कारण करिव दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्‍याफटिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेलले बताएका छन् ।

उनिहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको बताए ।शर्माले रानीमहल मात्रे भनेर घुम्न गएको भएतापनि र्‍याफटिङ सुरु भएको थाहा पाएपछि चढेको उनि बताउँछन् ।

रानीमहलको बायाँबाट बग्ने पवित्र कालिगण्डकीमा दैनिक सयौंको संख्यामा स्थानियदेखि वाह्य पर्यटक र्‍याफटिङको मज्जा लिन आउने गरेका छन् । हाल रानीमहलको परिसरदेखि पुलसम्म एक किलोमिटर जलयात्रा शुरु भएको पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताईन ।

गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका,पाल्पाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले संयुक्त गुरुयोजना निर्माण गरी रुरु क्षेत्रधाम रिडिदेखि राम्दीसम्म करिव २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने तयारी थालेको उनले बताईन । उनले जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउन दुई जिल्लाका तीन वटै पालिकाबीच आपसी समन्वय,छलफल र सहकार्यमा जुटेको जानकारी दिईन् ।

जल यात्रामा रमाउन लाखौं रुपैयाँ खर्चिएर नेपालीहरु विदेशमा जानुपर्ने बाध्यता बनिरहेका बेला स्वदेशमा नै शुरु भएको र्‍याफटिङप्रति वाह्य पर्यटकको आकर्षण बढाउनसकेको खण्डमा विदेशी मुद्राको आर्जन हुनुका साथै नेपालको पर्यटनसमेत उकासिने पर्याप्त आधार देखिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल