१३ पुस २०८२, आइतबार । December 28, 2025

प्रदूषणका कारण दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा



एजेन्सी । भारतको केन्द्रिय राजधानी नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको छ ।

हरेक वर्षजस्तो प्रदूषणका कारण समस्या भोगिरहेको दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ भने प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ ।

कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । धानबाली पराल जलाउने तथा उच्च गाडीको चापका कारण नोभेम्बर महिनाको सुरुदेखि नै दिल्लीमा प्रदूषण बढेको छ । धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्रमा खराब अवस्था छ । सरकारले डिजेलबाट चल्ने ट्रक तथा अन्य साना सवारी साधन चलाउन रोक लगाएको छ । दिल्लीमा हावाको गुणस्तर सूचकाङ्क ४ सयमाथि पुगेको छ ।

दिल्ली एनसीआरले आईतबार खराब हावा रेकर्ड गरेको छ। नोएडाले ’धेरै खराब श्रेणीमा ३४९ को वायु गुणस्तर सूचकांक एम क्यु आई रेकर्ड गरेको छ । ० देखि १०० सम्मको वायु गुणस्तर सूचकाङ्कलाई राम्रो मानिन्छ भने १०० देखि २००लाई मध्यम, २०० देखि ३०० खराब र ३०० देखि ४००लाई अत्यन्तै कमजोर मानिन्छ । यस्तै ४०० देखि ५०० वा सोभन्दा माथिको वायु गुणस्तर सूचकलाई अत्यन्तै कमजोर वा गम्भीर मानिन्छ।

प्रदूषणका कारण दिल्लीमा श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउनेलगायतका लक्षणसहित बिरामी बढेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई