५ बैशाख २०८३, शनिबार । April 19, 2026

इरानमा हिजाब विरोधी प्रदर्शनमा बालबालिकासहित १० जनाको मृत्यु


१९ कार्तिक २०७९, शनिबार  

6
Shares

एजेन्सी । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाबविरोधी प्रदर्शनविरुद्ध शुक्रबार भएको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

रिपोर्टमा भनिएको छ, “इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य धेरै भवनहरूबाट शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो । इरानी सरकारी सञ्चारमाध्यम र अधिकारवादी समूहका अनुसार खाशलगायत दक्षिणपूर्वी इरानका विभिन्न सहरमा शुक्रबार अधिकारीहरूविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ । सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको शहरको एउटा भिडियोमा भवनबाट धुवाँको मुस्लो उठिरहेको देखिएको छ ।

समूहले भनेको छ, “इन्टरनेट अवरोध र जाहेदानबाट खाशमा थप सुरक्षा बल ल्याउने अधिकारीहरूको तयारीबीच थप रक्तपात भएकोमा हामीलाईे गम्भीर चिन्ता लागेको छ ।” उनले भने, “इरानका अधिकारीहरूले तत्काल सुरक्षा फौजमाथि लगाम लगाउनुपर्छ । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले तत्काल इरानका राजदूतहरूसँग चासो राख्नुपर्छ र संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्द्वारा स्वतन्त्र अनुसन्धान संयन्त्र को स्थापनाका लागि पहल गर्नुपर्दछ । खाशबाट इरानीवायर नामक अधिकारकर्मीले सीएनएनलाई शेयर गरेको भिडियोमा पृष्ठभूमिमा ठूलो आवाजमा गोली चलेपछि कैयौँ प्रदर्शनकारी घाइते र अचेत अवस्थामा रहेको देखिन्छ ।

यसैबीच, देशको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले ट्विटरमा जलेका कारहरू र क्षतिग्रस्त भवनहरूको तस्वीरहरू पोस्ट गरेको छ । तस्बीरको क्याप्सनमा प्रदर्शनकारीहरूलाई क्षतिको लागि जिम्मेवार ठहर्‍याइएको उल्लेख छ । फार्सले ट्वीटमा भनेको छ, “खाशमा शुक्रबार भएको अशान्तिका क्रममा कैयौं व्यक्तिको मृत्यु भएको छ र घाइते भएका छन् । तेहरानमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला शुक्रबार हिंसा भएको हो ।

सिएनएनका अनुसार प्रहरी प्रमुखले एक बलोच बालिकालाई बलात्कार गरेको आरोप लागेपछि हालै सिस्तान र बलुचिस्तानराज्यको राजधानी जाहेदानमा पनि ठूलो सङ्ख्यामा प्रदर्शन भएका छन् । पाकिस्तान र अफगानिस्तानको छिमेकी यो प्रान्तमा लामो समयदेखि उत्पीडनमा परेका सुन्नी मुस्लिम बलोच जातीय अल्पसङ्ख्यक समुदायका सदस्यहरू बसोबास गर्छन् र यो क्षेत्र लामो समयदेखि अशान्त रहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित