१ कार्तिक २०८३, आइतबार । October 18, 2026

जातिय मुक्तिका निम्ति संघर्ष आवश्यक : मोहन वैद्य


१९ कार्तिक २०७९, शनिबार  

6
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातिय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादबिरुद्ध लडेर संघर्ष गर्दापनि वर्गीय, जातिय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताए । उनले जातिय,वर्गिय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख समेत गरे ।

उनले सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडीया शोषणवादका बिरुद्ध लड्दै गर्दा संशोधनवादका बिरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए । महासचिव वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिको निम्ति दृढतापूर्वक अघि बढ्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि