२८ बैशाख २०८२, आइतबार । May 11, 2025

बङ्गलादेशमा लुटपाटको आरोपमा चार चिनियाँ पक्राउ



एजेन्सी । बङ्गलादेशको राजधानी ढाकास्थित उत्तरा उप–नगरबाट ५० लाख टाका (रूपैँया) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरिएको छ ।

ढाका मेट्रोपोलिटन प्रहरीले चारै जना नागरिकलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको जनाएको छ । चिनियाँ नागरिक ली वेन जिङ र उनका बङ्गलादेशी पति शाह जहाँगीरको सम्लग्नता रहेको हुनसक्ने प्रहरीले बताएको छ । यो दम्पतीले उत्तरा ३ नं.सेक्टरअन्तर्गत रोड ८ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।

जहाँगीरकी पत्नी ली वेन जिङले आफ्नो रेष्टुरेन्टका लागि चिनियाँ सामान आपूर्ति गरेबापत चेन योङ नाम गरेका व्यक्तिलाई ५० लाख बङ्गलादेशी टाका दिन तयार भएको बताएकी छन् । तर उत्तराको पश्चिमी प्रहरी स्टेशनमा दर्ता गरिएको मुद्दाअनुसार उनले अर्का चिनियाँ नागरिक जिलिनमार्फत यो सम्झौता गरेकी बताइएको छ ।

बुधबार साँझ जिलिन ली वेन जिङको रेष्टुरेन्टमा चेन योङलाई ५० लाख रुपैयाँ दिन पर्खिरहे पनि चेन याङ आउन ढिला गरेको र सोही दिन निकै पछि एक महिलासहित केही चिनियाँ नागरिकहरू चेन याङ प्रतिनिधिको नाममा रेस्टुरेन्टमा आएका थिए । उनीहरूले जिलिनलाई चेन याङले ५० लाख टाका जम्मा गर्न पठाएको बताएका थिए ।

जिलिनले चेन याङको उपस्थिति बिना पैसा दिन इन्कार गरेपनि उनीहरूले पैसा लिएर गएको बताइएको छ । ढाका महानगर प्रहरी (डीएमपीं) का उत्तरा डिभिजनका उपआयुक्त मोर्शेद आलमले राष्ट्रिय बङ्गला दैनिक समकललाई बताएअनुसार शहरको बारिधारा र उत्तरा क्षेत्रमा छापा मारेर चार जना चिनियाँ नागरिकलाई पक्राउ गरि अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले