२७ बैशाख २०८३, आइतबार । May 11, 2026

क्यानडाले गर्यो चिनियाँ कम्पनीसँगका खनिज सम्झौता खारेज


१७ कार्तिक २०७९, बिहिबार  

9
Shares

एजेन्सी । क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ ।

राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ । क्यानडाका विज्ञान एवम् उद्योगमन्त्री फ्रान्कोइस फिलिप स्याम्पेनले खनिज क्षेत्रमा संलग्न देशका कम्पनीको लगानीको समीक्षापछि सरकार उक्त निर्णयमा पुगेको बताएका छन् ।

मन्त्री स्याम्पेनका अनुसार प्रत्यक्ष वैदेशिक लगानीलाई स्वागत गर्ने देशको नीति भएपनि मुलुकको राष्ट्रिय सुरक्षा तथा महत्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा समस्या हुन नदिन उक्त निर्णय गरिएको हो । चीनले विश्वभरका दुर्लभ खनिज तत्वमाथि आफ्नो प्रभुत्व कायम गरिरहेका बेला क्यानडाको उक्त निर्णय सार्वजनिक भएको छ ।

धातु एवम् खनिजमा आत्मनिर्भर बन्ने बेइजिङको प्रयासमा तुषारापात भएको छ । चीनले आफै धेरै खनिज उत्पादन नगरे पनि क्यानडालगायत देशबाट आवश्यक कच्चा पदार्थ प्राप्त गर्न ती मुलुकमा भारी मात्रामा लगानी गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा