२१ माघ २०८१, सोमबार । February 3, 2025

क्यानडाले गर्यो चिनियाँ कम्पनीसँगका खनिज सम्झौता खारेज



एजेन्सी । क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ ।

राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ । क्यानडाका विज्ञान एवम् उद्योगमन्त्री फ्रान्कोइस फिलिप स्याम्पेनले खनिज क्षेत्रमा संलग्न देशका कम्पनीको लगानीको समीक्षापछि सरकार उक्त निर्णयमा पुगेको बताएका छन् ।

मन्त्री स्याम्पेनका अनुसार प्रत्यक्ष वैदेशिक लगानीलाई स्वागत गर्ने देशको नीति भएपनि मुलुकको राष्ट्रिय सुरक्षा तथा महत्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा समस्या हुन नदिन उक्त निर्णय गरिएको हो । चीनले विश्वभरका दुर्लभ खनिज तत्वमाथि आफ्नो प्रभुत्व कायम गरिरहेका बेला क्यानडाको उक्त निर्णय सार्वजनिक भएको छ ।

धातु एवम् खनिजमा आत्मनिर्भर बन्ने बेइजिङको प्रयासमा तुषारापात भएको छ । चीनले आफै धेरै खनिज उत्पादन नगरे पनि क्यानडालगायत देशबाट आवश्यक कच्चा पदार्थ प्राप्त गर्न ती मुलुकमा भारी मात्रामा लगानी गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट