१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक



जुम्ला । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर जुम्लामा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

निर्वाचन हुन केही दिन बाकी हुँदा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जनकारी दिए । मतगणना सम्पन्न नहुँदासम्मको समय अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले बताए ।

चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा हुने आमसभा, नारा जुलुस, भीडभाड लगायतका राजनीतिक पार्टीका कार्यक्रम निर्वाचन अवधिभर गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट जारी गरेका निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न जुम्लाका सबै राजनीतिक दलदेखि उम्मेदवारलाई जानकारी गराएको बताइएको छ ।

मतपत्रबाहेक सबै ५४ प्रकारका सामग्री जिल्लामा पुगेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम