४ असार २०८३, बिहिबार । June 18, 2026

बैजनाथमा एकादशी मेलाको तयारी


१७ कार्तिक २०७९, बिहिबार  

0
Shares

बाँके । बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरमा पौराणिक हरिबोधनी एकादशी मेलाको तयारी गरिएको छ ।

हरिबोधनी एकादशीको अवसरमा लोक संस्कृति जोगाउने उद्देश्यका साथ शुक्रबार पौराणिक एकादशी मेला आयोजना गरिएको मेला व्यवस्थापन मूल समिति संयोजक दिलबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार परापौराणिक कालदेखि महादेवा मेलाको रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई बचाउने उद्देश्यले स्थानीय पञ्चेबाजा, सिङ्गारु झ्याउरे, लहरे पैसेरी, ख्याली, मयुर नाचजस्ता सांस्कृतिक प्रस्तुति रहने छन् ।

मेला शुक्रबार बेलुका ६ बजे सुरु भई शनिबार दिउँसो १२ः०० बजेसम्म सञ्चालन हुनेछ । मेलालाई व्यवस्थित तवरले सम्पन्न गर्न मूलसमितिको मातहतमा रहने गरी आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, स्टल व्यवस्थापनलगायत विभिन्न उपसमिति गठन गरी कामको बाँडफाँड गरिएको मूल आयोजक कमिटी संयोजक विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा