१ कार्तिक २०८३, आइतबार । October 18, 2026

मनाङमा चुनावी सरगर्मी बढ्दै


१७ कार्तिक २०७९, बिहिबार  

6
Shares

मनाङ । हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ ।

विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र देशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । दुई मुख्य दलले पुरानै अनुहारलाई जनतामाझ ल्याएको छ भने मनाङका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ हो ।

पार्टी नै नयाँ हुँदा मनाङवासीले साथ दिन्छन् वा दिँदैनन् भन्ने हेर्न चुनाव नै कुर्नु पर्नेछ । कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पाल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । अहिले चुनावी प्रचारप्रसारमा उम्मेदवार व्यस्त छन् ।

कांग्रेस उम्मेदवारले विगतदेखि नै मनाङलाई सडक सञ्जालसँग जोड्न जोड दिँदै आएको छ । मनाङका लागि कांग्रेस पुरानो पार्टीका रुपमा चिनिन्छ । गत निर्वाचनमा मनाङमा एमाले विजयी भएको थियो । प्रदेशसभा ‘क’ तर्फ कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, एमालेका राजन गुरुङ र राप्रपाका मिफेल धिन्दु लामा प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा ‘ख’तर्फ राजीव गुरुङ निर्विरोध भइसकेका छन् । गत निर्वाचनमा कूल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । दुई सय ८१ मतान्तरले एमाले विजयी भएको थियो । गत स्थानीय तह निर्वाचनमा मनाङका तीन पालिकामा कांग्रेस तथा एउटामा एमाले विजयी भएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभामा जित निकाल्ने उद्देश्यसहित सत्ता साझेदार कांग्रेसले नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन कायम गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कूल छ हजार सात सय ७९ मतदाता छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि