२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नाइजेरियामा दर्जनौँ बालबालिकाको अपहरण


१६ कार्तिक २०७९, बुधबार  

6
Shares

एजेन्सी । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्ने करिब ४० जना बालबालिकालाई एक आपराधिक समूहले अपहरण गरी लगेको छ ।

उक्त समूहले अपहरणमा परेका बालबालिकालाई छुटाउन फिरौती मागेको प्रहरी र एक स्थानीय अधिकारीले बुधबार बताएका छन् । कात्सिना राज्यको फास्करी जिल्लाको मैरुवा गाउँबाहिर आइतबार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले खेतमा पसेर बाली काटिरहेका ३९ जना बालबालिकालाई नियन्त्रणमा लिएको प्रहरी र अधिकारीले बताएका छन् ।

कात्सिना उत्तरपश्चिम र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो जुन स्थानीय रूपमा आपराधिक गिरोह हरूद्वारा आतङ्कित छन् । त्यहाँ डाँकाहरूले गाउँहरूमा आक्रमण गर्छन्, बासिन्दाहरूको हत्या र अपहरण गर्छन् साथै लुटपाट र घरहरू जलाउँछन् । जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल रुगु जङ्गलमा लुकेर बसेका गिरोहलाई फिरौती रकम बुझाएपछि बन्धक बनाएर छाडिन्छ ।

फस्कारीका एक स्थानीय सरकारी अधिकारीका अनुसार सयौं मजदुरले काम गरिरहेकाले डाँकुहरू मोटरसाइकलमा चढेर खेतमा पसेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ