२५ बैशाख २०८२, बिहिबार । May 9, 2025

नाइजेरियामा दर्जनौँ बालबालिकाको अपहरण



एजेन्सी । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्ने करिब ४० जना बालबालिकालाई एक आपराधिक समूहले अपहरण गरी लगेको छ ।

उक्त समूहले अपहरणमा परेका बालबालिकालाई छुटाउन फिरौती मागेको प्रहरी र एक स्थानीय अधिकारीले बुधबार बताएका छन् । कात्सिना राज्यको फास्करी जिल्लाको मैरुवा गाउँबाहिर आइतबार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले खेतमा पसेर बाली काटिरहेका ३९ जना बालबालिकालाई नियन्त्रणमा लिएको प्रहरी र अधिकारीले बताएका छन् ।

कात्सिना उत्तरपश्चिम र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो जुन स्थानीय रूपमा आपराधिक गिरोह हरूद्वारा आतङ्कित छन् । त्यहाँ डाँकाहरूले गाउँहरूमा आक्रमण गर्छन्, बासिन्दाहरूको हत्या र अपहरण गर्छन् साथै लुटपाट र घरहरू जलाउँछन् । जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल रुगु जङ्गलमा लुकेर बसेका गिरोहलाई फिरौती रकम बुझाएपछि बन्धक बनाएर छाडिन्छ ।

फस्कारीका एक स्थानीय सरकारी अधिकारीका अनुसार सयौं मजदुरले काम गरिरहेकाले डाँकुहरू मोटरसाइकलमा चढेर खेतमा पसेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर