४ असार २०८३, बिहिबार । June 18, 2026

गोरखामा माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्छ : अध्यक्ष दाहाल


१६ कार्तिक २०७९, बुधबार  

9
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका छन् ।

बुधवार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन । उनले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भुमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गर्दै गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्नेमा जोड दिए ।

उनले चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । एक–एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्‍याउन ध्यान दिन उनले आग्रह गरेका छन् । अध्यक्ष दाहालले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गरे । उनले आफू गोरखामा चुनाव लड्न आउनु गोरखाबासीका लागि चुनौती भएको पनि बताए ।

आफू कहाँ जान्छ, कहाँ बस्छ भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै सो कुरा गोरखावासीका लागि चुनौती भएको उनको भनाई छ । उनले मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेको विषय उल्लेख गर्दै आफ्नो बाजा बजाउने योजना नभएको बताए । बाजा बजाउने निर्णय आफ्नो नभएकाले बाजा बज्दैछ भन्ने पनि थाहा नपाएको कुरा उनले पुनः दोहोर्‍याएका छन् ।

अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको समेत बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा