१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो जित



काठमाडौं । काठमाडौंंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रन बनाउन सफल भएको थियो । कर्णालीका हिमांसु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको जितका लागि पर्याप्त भएन ।

गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले तिन तिन विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक बस्नेतले ८ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय इनिङ खेले । जितसँगै गण्डकी २ खेलमा ४ अंक जोड्दै समूह ए को दोस्रो स्थानमा रहेको छ । यस्तै बुधवार नै भएको अर्को खेलमा वागमती प्रदेश लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको छ ।

यससँगै वागमतीले लगातार तेस्रो हार व्यहोरेको छ । मुलपानी क्रिकेट मैदानमा वागतमीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ दशमलव ४ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्‍यो । लुम्बिनीका लागि कप्तान देव खनालले अविजित ७७ रन जोड्दा प्रजोल थापाले २९ रन जोडे । यसअघि टस जितेर ब्याटिङ रोजेको वागमतीले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो ।

वागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३३, दुर्गेश थापाले ३२ र ओपनर आशुतोषले २२ रन जोडे । वागमतीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अंकको स्कोर बटुल्न सकेनन् । लुम्बिनीका अनिल खरेलले सर्वाधिका ४ विकेट निकाल्दा विशाल विक्रम केसी र अभिषेक गौतमले समान दुई दुई विकेट लिए ।

जितसँगै लुम्बिनी १ खेलमा २ अंक जोड्दै समूह ‘बि’ को दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको