१५ बैशाख २०८२, सोमबार । April 28, 2025

एमाले र कांग्रेसको घोषणा पत्रमा समेटिएका आर्थिक एजेन्डा, के–के छन् फरक ?



काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलका घोषणापत्रमा मुख्यगरी निर्वाचनपछि बन्ने सरकारले मुलुकको अर्थ व्यवस्था कस्तो बनाउने भन्ने विषयका आर्थिक एजेण्डालाई प्राथमिकता दिइएको छ ।

विशेष गरेर लामो समय मुलुकको नेतृत्व गरेको नेपाली काँग्रेस र नेकपा एमालले चुनावी घोषणापत्रमार्फत कस्ता आर्थिक एजेण्डालाई अगाडि सार्‍यो भन्ने सबैको चासोको विषय बनेको छ । ठूला दुई राजनीतिक पार्टी एमाले र काँग्रेसले चुनावी घोषणापत्रमा मुलुकको अर्थतन्त्र सुधारका लागि कस्ता आर्थिक एजेण्डा सार्वजनिक गरेका छन् र दुई पार्टीका आर्थिक एजेण्डामा के फरक छ त ?

यस्ता छन् फरक घोषणा
काँग्रेसले पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनलाई बढाउँदै न्युनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको र आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गर्ने योजना सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्रलाई सबल बनाउने विषयमा नेकपा एमालेले विश्वको उदयमान अर्थतन्त्र बनाउँदै शुरुवातमा ७ प्रतिशतको आर्थिक वृद्धि गरी पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै दुई अंकमा पुर्‍याउने घोषणा गरेको छ । यस्तै, नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने घोषणा गरेको छ । घोषणापत्रमार्फत एमालेले आगामी ५ वर्षमा मुलकको ४८ खर्ब रहेको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने घोषणा गरेको हो ।

एमालले अर्थतन्त्रको आकार काँग्रेसको भन्दा ५० खर्ब बढी पुर्‍याउने घोषणा गर्दा नेपाली काँग्रेसले भने आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार ५० खर्ब पुर्‍याउने लक्ष्य समेटेको छ । त्यस्तै नेकपा एमालले नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात् ३ लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेको छ । घोषणा पत्रमा एमालेले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।

घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । यता नेपाली काँग्रेसले पाँच वर्षको अवधिमा नेपालीहरुको प्रतिव्यक्ति आय १ लाख ५० हजार पुर्‍याउने घोषणा गरेको छ । काँग्रेसले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको गतिशील राष्ट्र बनाउने प्रतिवद्धता घोषणापत्रमार्फत गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा