२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

एमाले र कांग्रेसको घोषणा पत्रमा समेटिएका आर्थिक एजेन्डा, के–के छन् फरक ?


१५ कार्तिक २०७९, मंगलबार  

9
Shares

काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलका घोषणापत्रमा मुख्यगरी निर्वाचनपछि बन्ने सरकारले मुलुकको अर्थ व्यवस्था कस्तो बनाउने भन्ने विषयका आर्थिक एजेण्डालाई प्राथमिकता दिइएको छ ।

विशेष गरेर लामो समय मुलुकको नेतृत्व गरेको नेपाली काँग्रेस र नेकपा एमालले चुनावी घोषणापत्रमार्फत कस्ता आर्थिक एजेण्डालाई अगाडि सार्‍यो भन्ने सबैको चासोको विषय बनेको छ । ठूला दुई राजनीतिक पार्टी एमाले र काँग्रेसले चुनावी घोषणापत्रमा मुलुकको अर्थतन्त्र सुधारका लागि कस्ता आर्थिक एजेण्डा सार्वजनिक गरेका छन् र दुई पार्टीका आर्थिक एजेण्डामा के फरक छ त ?

यस्ता छन् फरक घोषणा
काँग्रेसले पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनलाई बढाउँदै न्युनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको र आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गर्ने योजना सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्रलाई सबल बनाउने विषयमा नेकपा एमालेले विश्वको उदयमान अर्थतन्त्र बनाउँदै शुरुवातमा ७ प्रतिशतको आर्थिक वृद्धि गरी पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै दुई अंकमा पुर्‍याउने घोषणा गरेको छ । यस्तै, नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने घोषणा गरेको छ । घोषणापत्रमार्फत एमालेले आगामी ५ वर्षमा मुलकको ४८ खर्ब रहेको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने घोषणा गरेको हो ।

एमालले अर्थतन्त्रको आकार काँग्रेसको भन्दा ५० खर्ब बढी पुर्‍याउने घोषणा गर्दा नेपाली काँग्रेसले भने आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार ५० खर्ब पुर्‍याउने लक्ष्य समेटेको छ । त्यस्तै नेकपा एमालले नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात् ३ लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेको छ । घोषणा पत्रमा एमालेले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।

घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । यता नेपाली काँग्रेसले पाँच वर्षको अवधिमा नेपालीहरुको प्रतिव्यक्ति आय १ लाख ५० हजार पुर्‍याउने घोषणा गरेको छ । काँग्रेसले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको गतिशील राष्ट्र बनाउने प्रतिवद्धता घोषणापत्रमार्फत गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по