१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

१९औँ काग सम्मेलन हुने


५ कार्तिक २०७९, शनिबार  

0
Shares

काठमाडौं । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ ।

ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो । सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम छ ।

दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताए । विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लागेका हुन । काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा समेत रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र