२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

१९औँ काग सम्मेलन हुने



काठमाडौं । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ ।

ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो । सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम छ ।

दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताए । विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लागेका हुन । काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा समेत रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको