२९ चैत्र २०८१, शनिबार । April 12, 2025

राजु गुरुङको उम्मेदवारी खारेज



काठमाडौं । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले गुरुङको उम्मेदवारी खारेज गरेको हो । सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने ठहर गरेको छ ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो ।

हेर्नुहोस् आदेश

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक