२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्तको उपाध्यक्षमा राई



काठमाडौं । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई निर्वाचित हुनुभएको छ ।

फिलिपिन्सको राजधानी मनिलामा अक्टोबर १६ देखि १९ सम्म आयोजित सम्मेलनमा नेपालका राई उपाध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनमा इन्टरनेशनल फेडेरशनसँग आबद्ध रहेका एशिया प्रशान्त क्षेत्रका २५ देशका ट्रेड युनियनका प्रतिनिधि सहभागी रहेका थिए ।

एशिया क्षेत्रका दुई सय १४ प्रतिनिधि सम्मिलित सम्मेलनले जापानका सुमिनो सानलाई अध्यक्षमा निर्वाचित गरेको छ । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्त क्षेत्रमा विश्वका एक सय ५० देशमा रहेका सात सय युनिय फेडेरेशनसँग आबद्ध छन् ।

फेडेरेशनमा विश्वभरमा करिब दुई करोड सदस्य रहेका छन् । बेलायतस्थित लण्डनमा मुख्यालय फेडेरेशनले पानीजहाज, सडक यातायात, रेल यातायात, हवाई यातायात, पर्यटन, बन्दरगाहलगायतका क्षेत्रमा कार्यरत श्रमिकका पक्षमा काम गर्दै आएको छ ।

सम्मेलनले विश्वस्तरीय ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआइ) बारे आफ्नो घोषणापत्रसमेत जारी गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको