७ कार्तिक २०८३, शनिबार । October 24, 2026

सुदूरपश्चिममा मतपत्र पुग्दै


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

कञ्चनपुर । आसन्न निर्वाचनको तयारीको क्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र सुदूरपश्चिम प्रदेशमा पुग्न थालेको छ ।

प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका लागि समानुपातिक तर्फको मतपत्र ढुवानी गरेर सम्बन्धित जिल्लामा पुर्याउन लागिएको कैलालीस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रेमराज भट्टले भने, “निर्वाचन आयोगबाट सुदूरपश्चिम प्रदेशका लागि समानुपातिक मतपत्रको ढुवानी सम्बन्धित जिल्लामा पुग्ने क्रममा रहेको छ, अछाम र बाजुरा जिल्लाका लागि भने केही दिनपछि मात्र मतपत्र पुर्याउने तयारी छ ।”

प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा जम्मा १६ लाख ५६ हजार चार मतदाता छन् । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सबैभन्दा बढी पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन् । यस्तै कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् । पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक/एक निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभाका प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेशसभाका दुई निर्वाचन क्षेत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनको तयारीको क्रममा कैलाली जिल्लाको निर्वाचन क्षेत्र १ र ३ मा निर्वाचन कार्यालयले मतपेटिका पठाइसकेको र थप आवश्यक सामग्रीसमेत पठाउने तयारी भइरहेको कार्यालय प्रमुख भट्टले बताए । निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन गरी अन्तिम सूची तयार पार्ने काम भइरहेको छ । एक मतदान केन्द्रमा स्वयंसेवकसहित ११ कर्मचारी खटाउन लागिएको छ । यो जिल्लामा तोकिएका दुई ३७ मतदान स्थलमा ६ सय २९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

आसन्न निर्वाचनमा कैलालीमा झण्डै छ हजार अस्थायी मतदाता छन् । यसको यकिन तथ्याङ्क तयार गर्ने काम निर्वाचन कार्यालयले गरिरहेको छ । अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था निर्वाचन कानुनले गरेको छ । अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी, कारागारका कैदीबन्दीलाई मतदानको व्यवस्था गर्नका लागि जिल्लाभरि सात ठाउँमा मतदान केन्द्रको व्यवस्था गर्न लागिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि