१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

सुदूरपश्चिममा मतपत्र पुग्दै


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

कञ्चनपुर । आसन्न निर्वाचनको तयारीको क्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र सुदूरपश्चिम प्रदेशमा पुग्न थालेको छ ।

प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका लागि समानुपातिक तर्फको मतपत्र ढुवानी गरेर सम्बन्धित जिल्लामा पुर्याउन लागिएको कैलालीस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रेमराज भट्टले भने, “निर्वाचन आयोगबाट सुदूरपश्चिम प्रदेशका लागि समानुपातिक मतपत्रको ढुवानी सम्बन्धित जिल्लामा पुग्ने क्रममा रहेको छ, अछाम र बाजुरा जिल्लाका लागि भने केही दिनपछि मात्र मतपत्र पुर्याउने तयारी छ ।”

प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा जम्मा १६ लाख ५६ हजार चार मतदाता छन् । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सबैभन्दा बढी पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन् । यस्तै कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् । पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक/एक निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभाका प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेशसभाका दुई निर्वाचन क्षेत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनको तयारीको क्रममा कैलाली जिल्लाको निर्वाचन क्षेत्र १ र ३ मा निर्वाचन कार्यालयले मतपेटिका पठाइसकेको र थप आवश्यक सामग्रीसमेत पठाउने तयारी भइरहेको कार्यालय प्रमुख भट्टले बताए । निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन गरी अन्तिम सूची तयार पार्ने काम भइरहेको छ । एक मतदान केन्द्रमा स्वयंसेवकसहित ११ कर्मचारी खटाउन लागिएको छ । यो जिल्लामा तोकिएका दुई ३७ मतदान स्थलमा ६ सय २९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

आसन्न निर्वाचनमा कैलालीमा झण्डै छ हजार अस्थायी मतदाता छन् । यसको यकिन तथ्याङ्क तयार गर्ने काम निर्वाचन कार्यालयले गरिरहेको छ । अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था निर्वाचन कानुनले गरेको छ । अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी, कारागारका कैदीबन्दीलाई मतदानको व्यवस्था गर्नका लागि जिल्लाभरि सात ठाउँमा मतदान केन्द्रको व्यवस्था गर्न लागिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र