४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

मलेसियामा आम निर्वाचन हुँदै


३ कार्तिक २०७९, बिहिबार  

0
Shares

काठमाडौं । मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ ।

मलेसियाली निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले बताएका छन् । कुल दुई करोड ११ लाख ७३ हजार छ सय ३८ मतदातालाई सेवा दिन तीन लाख ६३ हजार पाँच सय १५ जना निर्वाचन अधिकृत खटाइने छ ।

देशभर आठ हजार नौ सय ५८ मतदान केन्द्र सञ्चालन गरिने छन् । सन् २०२० को फेव्रुवरीमा पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको राजीनामापछि दुई जना प्रधानमन्त्री नियुक्त भए पनि देशमा राजनीतिक अनिश्चितताको अन्त्य नभएकाले प्रधानमन्त्री इस्माइल साब्री याकोबले गत असोज २४ गते संसद् विघटन गरेर तत्काल निर्वाचनका निम्ति मार्ग प्रशस्त गरेका थिए ।

दुई वर्षअघि मुहिद्दिन यासिन प्रधानमन्त्रीमा नियुक्त भए पनि आफ्नै गठबन्धनबाट संसदका सदस्यहरूले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए । त्यसपछि इस्माइल साबरीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व