१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

निर्वाचन

माधव नेपाललाई कारबाहि गर्न निर्वाचन आयोगको निर्देशन


३ कार्तिक २०७९, बिहिबार  

0
Shares

काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपालले आइतबार एक चुनावी कार्यक्रममा चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए । निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन–२०७३ को दफा २० (१) (च) मा कुनै उम्मेदवार वा प्रतिनिधिले कुनै लोभलालच वा आर्थिक प्रलोभन देखाउन नपाउने व्यवस्था छ ।

यसो गरेमा एक लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुने ऐनमा व्यवस्था छ । यसको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया नेपाल प्रहरीले गर्ने भएकाले आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्र लेखेको छ । पत्रमा ‘श्री माधवकुमार नेपालबाट निर्वाचनको मुखमा युवाहरुलाई विदेश पठाउने भनि प्रलोभन देखाउने कार्य गरेकाले सो सम्बन्धमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन आयोगले निर्देशन दिएको हो ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र