१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

ठगी गर्ने मेनपावरको कारबाही रोक्न नेता दबाब


३ कार्तिक २०७९, बिहिबार  

0
Shares

काठमाडौं । ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् ।

करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन्। हाले विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानुनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ।

विगत ३ महिनामा विभागमा ७८८ वटा उजुरी विभिन्न मेनपावरविरुद्ध परेको भए पनि लिखित जवाफसहित विभागमा उपस्थित नहुने मेनपावरको संख्या धेरै रहेको छ। यसैगरी कतिपय मेनपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उपस्थित गराउन सकेको छैन ।

विभागमा डीएसपीको नेतृत्वमा प्रहरी युनिट खडा गरे पनि उनीहरुको क्षेत्राअधिकारमा सोझै पक्राउ गर्ने अधिकार छैन। मेनपारलाई कारबाही नगर्न प्रायः सबै पार्टीका उच्च नेताले कर्मचारीलाई दबाब दिने गरेको एक कर्मचारीले बताए। यो समाचार कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र