१० पुस २०८२, बिहिबार । December 26, 2025

मालीमा शान्ति सैनिकमाथि भएको हमलाको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा



एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले हालैमात्र संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि मालीमा भएको हमला र हत्याको निन्दा गरेका छन् ।

मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका सदस्यमाथि गत सोमबार हमला भएको थियो । गस्तीमा रहेका उनीहरुमाथि भएको बम हमलामा परेर कम्तीमा पनि चार जना क्यानाडेली सेनाको ज्यान गएको थियो । त्यसैगरी सो हमलामा परेर अरु केही सैनिक घाइते भएका थिए । उनले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।

साथै सो विज्ञप्तिमा यसरी शान्ति स्थापनाका लागि खटेका सेनामाथि हमला गर्नु र हत्या गर्नु अन्तर्राष्ट्रिय युद्ध अपराध अन्तर्गत पर्ने र यस्ता व्यक्तिलाई कडा भन्दा कडा कारबाही गरेर उनीहरुलाई कानुनी उपचारको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिएका छन् । महासचिव गुटरेसले संयुक्त राष्ट्रसङ्घ जहिले पनि शान्तिको पक्षमा रहेको भन्दै यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घले मालीका नागरिक र उनीहरुको शान्तिको चाहनाको पक्षमा रहेको स्पष्ट पारे ।

उनले मालीमा हिंसा मच्चाइरहेका सबै सदस्यहरुलाई हिंसाका बाटो छोडेर शान्तिपूर्ण मार्गमा लाग्न आग्रह गर्दै मालीको सरकारले शान्तिपूर्ण वार्ताका लागि वातावरण बनाउनुपर्ने पनि जोड दिएका छ ।यसअघि नै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले गत सोमबार मालीमा राष्ट्रसङ्घीय शान्ति सेनामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । परिषद्ले हिजै एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रले पीडित परिवारका साथै चाडप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् ।

साथै उनीहरूले घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । परिषद्का सदस्य राष्ट्रले मालीको सङ्क्रमणकालीन सरकारलाई आक्रमणको तुरुन्त अनुसन्धान थाल्न, दोषीलाई न्यायको दायरामा ल्याएर जवाफदेही शासन व्यवस्था प्रवद्र्धन गर्न र सम्बन्धित सेना, योगदान गर्ने देशलाई प्रगतिबारे जानकारी दिन आग्रह गरेका छन् ।

शान्ति सेनालाई लक्षित गरी आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुनसक्ने, सबै प्रकारका आतङ्कवाद र अन्तरराष्ट्रिय शान्ति–सुरक्षाका लागि सबैभन्दा गम्भीर चुनौती भएकोमा जोड दिँदै परिषद्ले मालीको सुरक्षास्थितिबारे पनि चासो एवम् चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist