२७ बैशाख २०८३, आइतबार । May 10, 2026

मालीमा शान्ति सैनिकमाथि भएको हमलाको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा


२ कार्तिक २०७९, बुधबार  

3
Shares

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले हालैमात्र संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि मालीमा भएको हमला र हत्याको निन्दा गरेका छन् ।

मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका सदस्यमाथि गत सोमबार हमला भएको थियो । गस्तीमा रहेका उनीहरुमाथि भएको बम हमलामा परेर कम्तीमा पनि चार जना क्यानाडेली सेनाको ज्यान गएको थियो । त्यसैगरी सो हमलामा परेर अरु केही सैनिक घाइते भएका थिए । उनले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।

साथै सो विज्ञप्तिमा यसरी शान्ति स्थापनाका लागि खटेका सेनामाथि हमला गर्नु र हत्या गर्नु अन्तर्राष्ट्रिय युद्ध अपराध अन्तर्गत पर्ने र यस्ता व्यक्तिलाई कडा भन्दा कडा कारबाही गरेर उनीहरुलाई कानुनी उपचारको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिएका छन् । महासचिव गुटरेसले संयुक्त राष्ट्रसङ्घ जहिले पनि शान्तिको पक्षमा रहेको भन्दै यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घले मालीका नागरिक र उनीहरुको शान्तिको चाहनाको पक्षमा रहेको स्पष्ट पारे ।

उनले मालीमा हिंसा मच्चाइरहेका सबै सदस्यहरुलाई हिंसाका बाटो छोडेर शान्तिपूर्ण मार्गमा लाग्न आग्रह गर्दै मालीको सरकारले शान्तिपूर्ण वार्ताका लागि वातावरण बनाउनुपर्ने पनि जोड दिएका छ ।यसअघि नै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले गत सोमबार मालीमा राष्ट्रसङ्घीय शान्ति सेनामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । परिषद्ले हिजै एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रले पीडित परिवारका साथै चाडप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् ।

साथै उनीहरूले घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । परिषद्का सदस्य राष्ट्रले मालीको सङ्क्रमणकालीन सरकारलाई आक्रमणको तुरुन्त अनुसन्धान थाल्न, दोषीलाई न्यायको दायरामा ल्याएर जवाफदेही शासन व्यवस्था प्रवद्र्धन गर्न र सम्बन्धित सेना, योगदान गर्ने देशलाई प्रगतिबारे जानकारी दिन आग्रह गरेका छन् ।

शान्ति सेनालाई लक्षित गरी आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुनसक्ने, सबै प्रकारका आतङ्कवाद र अन्तरराष्ट्रिय शान्ति–सुरक्षाका लागि सबैभन्दा गम्भीर चुनौती भएकोमा जोड दिँदै परिषद्ले मालीको सुरक्षास्थितिबारे पनि चासो एवम् चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा