४ असार २०८३, बिहिबार । June 18, 2026

एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको माधव नेपालको टिप्पणी


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

ललितपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् ।

सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्ष गठबन्धन अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका संविधान कुल्चिने र लोकतन्त्र मास्ने जस्ता गलत कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।

उनले जहानियाँ राणा शासनको अन्त्य गर्ने, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल काँग्रेस र कम्युनिष्टहरुबीचको गठबन्धन अब पनि सफलताको बिन्दुमा पुगि छाडने बताए ।उनले भने दुई दुई पटक संविधान कुल्चने काम भएको थियो । मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो ।

जबरजस्ती समयभन्दा पहिले नै अधिकार मागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने काम गरेको थिए त्यसको विपक्षमा हामी उभियौं । देशको संविधान जोगायौं । संविधान मात्रै जोगाएको होइन, लोकतन्त्र पनि जोगायौं । जुन हिसावबाट मुलुक अधिनायकवादको बाटोमा जाँदै थियो ।

संविधानको आफूखुशी व्याख्या गर्दै, तोडमरोड गर्दै, अपब्याख्या गर्दै जाने प्रवृत्ति देखिएको थियो । त्यसलाई हामीले ठिक लिगमा बसाल्यौं । गणतन्त्र पनि मास्ने अभियान सुरु हुन खोज्दै थियो । त्यसलाई पनि जोगाउने काम हामीले ग¥यौं । अस्थिरताको अवस्थाबाट देशलाई जोगाएर स्थिरताको बाटोमा लग्यौं ।

यसरी पवित्र उद्देश्यका साथ यस्ता पार्टीहरुसँग हामीले गठबन्धन ग¥यौं । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा