१४ चैत्र २०८२, शनिबार । March 28, 2026

माध्यामिक तहमा पटक पटक रजिष्ट्रेसन फारम भर्नु नपर्ने


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

काठमाडौं । माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुले एकपटक मात्रै रजिष्ट्रेसन फाराम भरे पुग्ने भएको छ ।

माध्यामिक तहको लागि फाराम ९ कक्षामा भरेपछि उक्त रजिष्ट्रेसन नम्बर कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । कक्षा ९ देखि १२ सम्मलाई माध्यामिक तह मानिए पनि फारम भने पटक पटक भर्नुपर्ने बाध्यता बाट विद्यार्थीहरुलाई छुट्कारा दिलाउन बोर्डले यो प्रक्रिया अघि बढाएको हो ।

यो वर्ष कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुदेखि लागू हुनेगरी कक्षा ९ मा फाराम भरे त्यही रजिष्ट्रेसन नम्बर १२ कक्षा सम्मै रहेन गरी होमवर्क गरिरहेको बोर्डले जनाएको छ । यसभन्दा अघि कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिष्ट्रेसन फाराम भर्नुपर्ने भएकाले बोर्डले गत साता कार्यतालिका सार्वजनिक गर्दै कक्षा ११ का विद्यार्थीले कात्तिक मसान्तसम्म रजिष्ट्रेसन फाराम भर्ने समयावधि तोकेको छ ।

सामान्यतया असोज–कात्तिक महिनामा कक्षा ९ को रजिष्ट्रेसन फाराम भराउने गरिए पनि यो वर्ष माध्यामिक तहलाई एक पटक मात्रै रजिष्ट्रेसन भराउने गरी कार्य भईरहेकाले उक्त कार्य सकिएपछि निर्णय सहित रजिष्ट्रेसन समयावधि तोक्ने तयारि बोर्डको छ । बोर्डले विद्यालयको कोड नम्बर एउटै कायम गर्ने गरी काम भइरहेको जनाएको छ ।

हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एउटा कोड तथा कक्षा १० र १२ का परीक्षा नियन्त्रण कार्यालयले फरक कोड निर्धारण गर्दै आएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र