१९ चैत्र २०८१, बुधबार । April 2, 2025

माध्यामिक तहमा पटक पटक रजिष्ट्रेसन फारम भर्नु नपर्ने



काठमाडौं । माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुले एकपटक मात्रै रजिष्ट्रेसन फाराम भरे पुग्ने भएको छ ।

माध्यामिक तहको लागि फाराम ९ कक्षामा भरेपछि उक्त रजिष्ट्रेसन नम्बर कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । कक्षा ९ देखि १२ सम्मलाई माध्यामिक तह मानिए पनि फारम भने पटक पटक भर्नुपर्ने बाध्यता बाट विद्यार्थीहरुलाई छुट्कारा दिलाउन बोर्डले यो प्रक्रिया अघि बढाएको हो ।

यो वर्ष कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुदेखि लागू हुनेगरी कक्षा ९ मा फाराम भरे त्यही रजिष्ट्रेसन नम्बर १२ कक्षा सम्मै रहेन गरी होमवर्क गरिरहेको बोर्डले जनाएको छ । यसभन्दा अघि कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिष्ट्रेसन फाराम भर्नुपर्ने भएकाले बोर्डले गत साता कार्यतालिका सार्वजनिक गर्दै कक्षा ११ का विद्यार्थीले कात्तिक मसान्तसम्म रजिष्ट्रेसन फाराम भर्ने समयावधि तोकेको छ ।

सामान्यतया असोज–कात्तिक महिनामा कक्षा ९ को रजिष्ट्रेसन फाराम भराउने गरिए पनि यो वर्ष माध्यामिक तहलाई एक पटक मात्रै रजिष्ट्रेसन भराउने गरी कार्य भईरहेकाले उक्त कार्य सकिएपछि निर्णय सहित रजिष्ट्रेसन समयावधि तोक्ने तयारि बोर्डको छ । बोर्डले विद्यालयको कोड नम्बर एउटै कायम गर्ने गरी काम भइरहेको जनाएको छ ।

हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एउटा कोड तथा कक्षा १० र १२ का परीक्षा नियन्त्रण कार्यालयले फरक कोड निर्धारण गर्दै आएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसईई परीक्षा सम्पन्न, नतिजा असार ७ भित्र सार्वजनिक हुने

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पको झट्का महसुस

काठमाडौंमा वायु प्रदूषण यथावत्, स्वास्थ्य जोखिम बढ्दै

काठमाडौं । उपत्यकामा बुधबार पनि वायु प्रदूषणको असर गम्भीर रूपमै

विश्व अटिजम जागरुकता दिवसः सचेतना र सहकार्यको आवश्यकता

काठमाडौं । आज विश्वभर ‘अटिजम जागरुकता दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ।

अमेरिकी डलर आजपनि स्थिर, युरो र पाउन्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर