२९ चैत्र २०८१, शनिबार । April 12, 2025

नेता सिंहको चुनावी अभियान कार्तिक १ बाट



काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कार्तिक १ गतेदेखि चुनावी अभियान सुरु गर्ने जानकारी दिएका छन् ।

सोमबार क्षेत्र नं १ अन्तर्गतको प्रदेश तथा समानुपातिक उम्मेदवार सहभागी पत्रकार सम्मेलनमा नेता सिंहले आफ्नो उम्मेदवारी जनताको चाहनाकै कारण भएको बताए । ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ नारा लिएर चौथोपटक मतदातासमक्ष आएका सिंहले विश्वमै मतदाताले रुचाएसम्म उम्मेदवार दिने प्रचलन रहेको बताए ।

उनले चुनिएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेता सिंहले मुलुकमा संघियता दिलाउन, प्रदेश र स्थानीय तहको सुनिश्चित गर्ने लगायतको काममा आफ्नो सक्रिय सहभागिता रहने जानकारी दिए ।

उनले शिक्षामा सुधार ल्याउँदै प्राविधिक शिक्षामा जोड दिने बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक