२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

कांग्रेस नेता भट्टको निधन



बैतडी। नेपाली कांग्रेस बैतडीका पुराना नेता महेशशरण भट्टको सोमबार निधन भएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोट निवासी भट्टको ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार भट्ट श्वासप्रश्वासका बिरामी थिए। भट्ट केही वर्षयता सक्रिय राजनीतिबाट टाढा भए पनि सामाजिक क्षेत्रमा निकै परिचित नाम हो ।

नेपाली कांग्रेस बैतडीको सचिवसमेत रहेकाका भट्टले विभिन्न सङ्घसंस्थाको नेतृत्वसमेत गरेका थिए । भट्ट नेपाल परिवार नियोजन सङ्घ बैतडीको सभापतिसमेत रहेका थिए । श्रीकेदार मावि पिपलकोटको संस्थापक प्रधानाध्यापकका रूपमा काम गरेका भट्टले समाज परिवर्तनका लागि थुप्रै काम गरेका थिए ।

भट्टको निधनसँगै बैतडी कांग्रेसले एक कुशल अभिभावक गुमाएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए।भट्टको निधनमा कांग्रेसका नेता, कार्यकर्ताका साथै अन्य व्यक्तिले समेत शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको