१९ चैत्र २०८१, बुधबार । April 2, 2025

एकैदिन ३२ जनामा कोरोना पुष्टि



काठमाडौँ । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १६२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ सय ३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २८ जन र ५ सय २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार २५९ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ६ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ८८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८७ हजार ४४५ पुगेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकको भीड

बागलुङ । चैते दसैँको अवसरमा बागलुङ स्थित कालिका मन्दिरमा भक्तजनको

लुटपाटबाट भाटभटेनी बचाएका सुरक्षागार्डलाई ५ लाख पुरस्कार

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले कोटेश्वरस्थित भाटभटेनीमा कार्यरत

एसईई परीक्षा सम्पन्न, नतिजा असार ७ भित्र सार्वजनिक हुने

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पको झट्का महसुस