२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

भेनेजुएला पहिरोमा परी ३६ को मृत्यु


२५ आश्विन २०७९, मंगलबार  

0
Shares

एजेन्सी । भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ ।

पहिरोमा परेर ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो । भेनेजुएला सरकारले प्रभावित क्षेत्रमा तीन सय टन खाद्यान्न र पानी वितरण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

तीन हजार भन्दा बढी सदस्यहरू पुलिस र दमकल विभागहरू, नागरिक सुरक्षा एजेन्सी र बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू उद्धार प्रयासहरुमा मद्दत गर्न खटाइएको छ ।भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गरेका थिए। उनले आइतबारदेखि तीन दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गरेका छन् ।

यहाँको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरु बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपद्मा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ ।

पहिरोको नजिकका बस्तीहरुलाई पनि सार्न थालिएको छ ।त्यसका लागि पनि उद्धारकर्मी तथा सुरक्षा निकायका अधिकारीहरुले खटिरहेका बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ