१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

नेपाली चलचित्रलाई दर्शकको साथ



काठमाडौँ । दसैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् ।

गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका छन् । हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन भयो । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

चलचित्रले स्टारभ्यालु, ब्राण्डकै आधारमा राम्रो व्यापार गरिरहेको छ । निर्मातासमेत रहेएका सेनकाअनुसार नेपालसँगै भारतमा पनि यस चलचित्रले राम्रो व्यापार गरिरहेको छ । असोज २१ देखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ ले पनि व्यावसायिक सफलता हात परिरहेको चलचित्र प्रस्तुतकर्ता किरण नेपाली जानकारी दिए । उनका अनुसार प्रदर्शनको दुई दिनमा ग्रस कलेक्सन रु दुई करोडभन्दा बढी छ ।

उक्त चलचित्रको लेखन तथा निर्देशनसँगै समीक्षासमेत गर्नुभएका दीपेन्द्र लामा भन्छन्, “ चलचित्रले मित्रताको कथा भन्छ । उनीहरुको सम्बन्धमा आउने उतारचढावमार्फत गम्भीर विषयलाई प्रस्तुत गरेका छौँ।” दर्शक हल आउन थालेपछि निर्माता तथा निर्देशकसँगै प्रदर्शक र वितरक पनि खुसी छन् । चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन अहिले मनोरन्जनात्मक चलचित्र दर्शकले रुचाएको बताए ।

उनले भन्छन्, “कोरोना भाइरसका कारण भएको लकडाउन पश्चात् दर्शकमा चलचित्रप्रति जागरण निकै बढेको छ । ”महासचिव महर्जन बताउछन्, दर्शकमहरु प्रचार सामग्रीमा विश्वस्त नभएसम्म चलचित्रघर आउँदैनन भन्ने पछिल्लो प्रर्दर्शित चलचित्रको व्यापारले देखाएको छ ।”

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको