३० चैत्र २०८२, सोमबार । April 14, 2026

इरानको जेलमा झडप हुँदा मानवीय क्षतिको आशङ्का


२५ आश्विन २०७९, मंगलबार  

0
Shares

एजेन्सी । उत्तरी इरानको गिलान प्रान्तस्थित एक बन्दीगृहमा त्यहाँका बन्दीहरुका बीचमा भिडन्त भएको बताइएको छ ।

सो भिडन्तमा परेर कैयौँ कैदीबन्दी मारिएका अनुमान गरिएको छ । इरानको अर्ध सरकारी समाचार समिति मेहरले सो कुराकोे जानकारी दिएको छ । सो समितिका अनुसार आइतबार उक्त सहरको लकान बन्दीगृहमा रहेका कैदीहरुका बीचमा झडप भएको थियो । गिलान प्रान्तको प्रान्तीय राजधानी प्रान्तको लाकान सहरमा रहेको जेलमा सो झडप भएको थियो ।

यहाँका एक जेल अधिकारीका अनुसार सो बन्दीगृहमा रहेका कैदीबन्दीहरुका बीचको आपसी विवाद बढ्दै गएपछि एक आपसमा भिडन्त भएको बताइएको छ । यस क्रममा भएको झडप र दुई पक्षबीचको भिडन्तमा परेर केही बन्दीको ज्यान गएको बताइएको छ । तर त्यसमा परेर के कतिजनाको ज्यान गयो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

जेलका अधिकारीले यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । इरान सरकारका एकजना अधिकारीले उक्त जेलमा रहेका बन्दीहरु पक्ष विपक्षमा रहेर गरेको भिडन्तमा परेर कैयौँ बन्दीको ज्यान गएको आफ्नो नाम नबताउने सर्तमा जनाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व