७ कार्तिक २०८३, शनिबार । October 25, 2026

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने


१७ आश्विन २०७९, सोमबार  

0
Shares

ब्राजिल । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

आइतबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । योसँगै वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले अपेक्षा गरिए भन्दा राम्रो मत ल्याएपछि पहिलो चरणमै जित हाँसिल गर्ने वामपन्थी नेता लुइज इनासिओ लुला डा सिल्भा लक्ष्य पूरा हुन सकेन ।

९५ प्रतिशत मत गणना हुँदा पूर्वराष्ट्रपति लुलाले ४७ दशमलव ६ प्रतिशत र वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३ दशमलव ९ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । दोस्रो चरणको मतदान अक्टोबर ३० मा हुने भनिएको छ । मतदानका लागि योग्य रहेका ब्राजिलका १५करोड ६ नागरिकलाई अनिवार्य मतदानको प्रावधान छ ।

फलाम खानीका पूर्वकामदार ७६ वर्षका लुलासन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति भईसकेका छन् । ६७ वर्षका बोल्सोनारो सेनाका पूर्व क्याप्टेन समेत हुन ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि