१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने


१७ आश्विन २०७९, सोमबार  

0
Shares

ब्राजिल । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

आइतबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । योसँगै वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले अपेक्षा गरिए भन्दा राम्रो मत ल्याएपछि पहिलो चरणमै जित हाँसिल गर्ने वामपन्थी नेता लुइज इनासिओ लुला डा सिल्भा लक्ष्य पूरा हुन सकेन ।

९५ प्रतिशत मत गणना हुँदा पूर्वराष्ट्रपति लुलाले ४७ दशमलव ६ प्रतिशत र वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३ दशमलव ९ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । दोस्रो चरणको मतदान अक्टोबर ३० मा हुने भनिएको छ । मतदानका लागि योग्य रहेका ब्राजिलका १५करोड ६ नागरिकलाई अनिवार्य मतदानको प्रावधान छ ।

फलाम खानीका पूर्वकामदार ७६ वर्षका लुलासन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति भईसकेका छन् । ६७ वर्षका बोल्सोनारो सेनाका पूर्व क्याप्टेन समेत हुन ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali