३० चैत्र २०८१, आइतबार । April 13, 2025

जनपक्षीय कानून ठुला नेताकै दबाबमा तुहिन्छन् ः मन्त्री कुँवर



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानूनहरु ठूला नेताहरुको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् ।

सोमबार ७७ औं विश्व श्रमीक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले यस्तो आरोप लगाएका हुन । उनले भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने ठूला नेताहरुले दबाब दिने गरेको बताए ।

अहिलेको सरकारले पनि श्रम आयोग गठन सम्बन्धी प्रक्रिया तीन पटक मन्त्रीपरिषद्मा पु¥याउँदासमेत एजेण्डा नबनेको गुनासो मन्त्री कुँवरको छ । मन्त्री कुँवरले श्रम आयोग गठन गर्नेकुरा तीन पटक मन्त्रीपरिषद्मा पठाए पनि एजेण्डा नबनाइ अहिले सामाजिक समितिमा पठाएर सरकारले अल्झाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् ।

मन्त्रालयले असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने तयारी मन्त्रालयले गरिरहेको उनको भनाई छ । उनले सामाजिक सुरक्षा कोषको दायराभित्र वैदेशिक रोजगारका श्रमीकहरुलाई पनि ल्याउन सके सामाजिक सुरक्षा कोषले गति लिने विश्वास समेत व्यक्ति गरेका छन् ।

मन्त्री कुँवरले श्रमीकहरु एकजुट हुनसके समाजमा श्रमीकमाथि हुने विभेदको अन्त्य गर्न सकिने पनि बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले

वीरगन्जमा कर्फ्यु अवधि थपियो, अवस्था अझै सामान्य छैन

पर्सा । दुई समुदायबीच उत्पन्न तनाव चुलिँदै गएपछि स्थानीय प्रशासनले

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी

चार देशीय टी–२० सिरिजको फाइनलमा नेपालको टस जित, कुवेत ब्याटिङमा

काठमाडौं – हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिजको

सुनको उकालो यात्रा जारी : आइतबार नेपाली बजारले नयाँ रेकर्ड छोयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै नयाँ