१४ चैत्र २०८२, शनिबार । March 28, 2026

जनपक्षीय कानून ठुला नेताकै दबाबमा तुहिन्छन् ः मन्त्री कुँवर


१७ आश्विन २०७९, सोमबार  

0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानूनहरु ठूला नेताहरुको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् ।

सोमबार ७७ औं विश्व श्रमीक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले यस्तो आरोप लगाएका हुन । उनले भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने ठूला नेताहरुले दबाब दिने गरेको बताए ।

अहिलेको सरकारले पनि श्रम आयोग गठन सम्बन्धी प्रक्रिया तीन पटक मन्त्रीपरिषद्मा पु¥याउँदासमेत एजेण्डा नबनेको गुनासो मन्त्री कुँवरको छ । मन्त्री कुँवरले श्रम आयोग गठन गर्नेकुरा तीन पटक मन्त्रीपरिषद्मा पठाए पनि एजेण्डा नबनाइ अहिले सामाजिक समितिमा पठाएर सरकारले अल्झाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् ।

मन्त्रालयले असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने तयारी मन्त्रालयले गरिरहेको उनको भनाई छ । उनले सामाजिक सुरक्षा कोषको दायराभित्र वैदेशिक रोजगारका श्रमीकहरुलाई पनि ल्याउन सके सामाजिक सुरक्षा कोषले गति लिने विश्वास समेत व्यक्ति गरेका छन् ।

मन्त्री कुँवरले श्रमीकहरु एकजुट हुनसके समाजमा श्रमीकमाथि हुने विभेदको अन्त्य गर्न सकिने पनि बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र