३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

वर्तमान निर्वाचन प्रणालि सुधारको एजेन्डा सहित नेकपा एसको घोषणा पत्र सार्वजनिक (पुर्ण पाठ)


१४ कार्तिक २०७९, सोमबार  

6
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक भएको छ ।

सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थथहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने एकीकृत समाजवादीले बताएको छ । त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निब्र्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।

वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख छ । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दशगजा क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएको छ । घोषणापत्रमा देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिने उल्लेख छ । त्यस्तै विभिन्न छिमेकी राष्ट्रसँग देखिएका सीमा विवाद कूटनीतिक पहलमार्फत समाधान गरिने घोषणापत्रमा बताइएको छ । अतिक्रमित नेपाली भूभाग फिर्ताका लागि उच्च प्राथमिकतासहित कूटनीतिक पहल गरिने घोषणापत्रमा उल्लेख छ ।

मित्र राष्ट्रसँगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिइने घोषणापत्रमा जनाइएको छ । एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप पनि लगाएको छ । ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम नगरेको घोषणापत्रमा भनिएको छ ।

हेर्नुहोस् घोषणापत्र :

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ५ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय