६ असार २०८३, शनिबार । June 20, 2026

दक्षिण कोरिया अपडेट

मृत्यु हुनेको संख्या १५३ पुग्यो, ८२ जना घाईते


१३ कार्तिक २०७९, आइतबार  

9
Shares

एजेन्सी । दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड मच्चिदा मृत्यु हुनेको संख्य १५३ पुगेको छ ।

राजधानी सिओलको इतेओन इलाकामा भएको उक्त घटनामा ८२ जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको बताइएको छ । कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ । दक्षिण कोरियाको अग्नि सेवाका अनुसार घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरी रहेका छन् ।

२० वर्ष आसपासका व्यक्ति धेरैले घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारमा जनाइएको छ । साँघुरो क्षेत्रमा अत्यधिक भीड जम्मा भएका कारण यो दुखद घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । कोभिड प्रकोपपछि दक्षिण कोरियामा पहिलोपटक ठूलो भीडका साथ हलोइन मनाइएको हो । घटनालगत्तै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि निर्देशन दिएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार १९ जना विदेशीको ज्यान गएको पुष्टि भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा