४ बैशाख २०८२, बिहिबार । April 17, 2025

दक्षिण कोरिया अपडेट

मृत्यु हुनेको संख्या १५३ पुग्यो, ८२ जना घाईते



एजेन्सी । दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड मच्चिदा मृत्यु हुनेको संख्य १५३ पुगेको छ ।

राजधानी सिओलको इतेओन इलाकामा भएको उक्त घटनामा ८२ जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको बताइएको छ । कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ । दक्षिण कोरियाको अग्नि सेवाका अनुसार घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरी रहेका छन् ।

२० वर्ष आसपासका व्यक्ति धेरैले घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारमा जनाइएको छ । साँघुरो क्षेत्रमा अत्यधिक भीड जम्मा भएका कारण यो दुखद घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । कोभिड प्रकोपपछि दक्षिण कोरियामा पहिलोपटक ठूलो भीडका साथ हलोइन मनाइएको हो । घटनालगत्तै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि निर्देशन दिएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार १९ जना विदेशीको ज्यान गएको पुष्टि भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग