७ कार्तिक २०८३, शनिबार । October 24, 2026

अधुरा कामलाई पूरा गर्छौँ : वरिष्ठ नेता पौडेल


१२ कार्तिक २०७९, शनिबार  

6
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग शनिबार आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा कांग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताए । “गत निर्वाचनमा नेकपा (एमाले) ले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, कांग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन”, पौडेलले भने , “विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो ।

गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यसपटक जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे । मङ्सिर ४ गते हुने निर्वाचनका लागि पौडेलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि