११ श्रावण २०८३, सोमबार । July 27, 2026

राजनीति व्यवसाय होइन, सेवा हो : मन्त्री कार्की


१२ कार्तिक २०७९, शनिबार  

6
Shares

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति व्यवसाय नभई सेवा भएको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ सुनसरी क्षेत्र नं ४ ले शनिबार कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उनले आफू सेवाभावका साथ राजनीतिमा लागेको स्पष्ट पार्नुभयो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री कार्कीले देश निर्माणका लागि दक्ष जनशक्ति, कानुनी शासन, सुशासन, योग्य प्रशासन, इञ्जीनियर आवश्यक भएको बताए ।

मङ्सिर ४ गते हुने निर्वाचनको माध्यमबाट दिगो लोकतन्त्र, संविधानको रक्षा गर्न, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै देशलाई १० वर्षभित्रमा दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्नका लागि यो निर्वाचन फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

अहिलेको आवश्यकता मुलुकको स्थायित्व, दिगो आर्थिक विकास, दिगो शान्ति र समृद्धि भएको बताउँदै कार्कीले अहिलेको निर्वाचनले देशलाई सही दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर