२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बिहारमा भीषण आगलागी, ३० जना घाइते


१२ कार्तिक २०७९, शनिबार  

6
Shares

एजेन्सी । भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगञ्ज इलाकामा आगलागी भएको हो । अधिकारीहरूका अनुसार विद्युत चुहावट भई सुरू भएको आगालागीपछि त्यहाँ रहेको ग्यास सिलिण्डर विस्फोट भएको थियो । “स्थानीय समयअनुसार बिहान २ः३० बजे छठ पूजाका लागि मेरी श्रीमतीले खाना पकाउँदै थिइन् ।

एक्कासि भवनमा आगो लाग्यो र सबैतिर फैलियो त्यसपछि हामी भाग्न थाल्यौं तर दोडिरहेका हामीहरू सुरक्षित स्थानमा पुग्नु पहिले नै खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भयो यसै कारण धेरै मानिस घाइते भए ।” परिवारका लगभग २० जना सदस्य घाइते बनेका स्थानीय ब्यापारी अनिल गोस्वामीले सञ्चारमाध्यमलाई बताए ।

आगलागी पछि प्रहरी र दमकल विभागका अधिकारीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए । आगो निभाउने क्रममा सात जना प्रहरी र केही स्थानीयवासीसमेत आगोले पोलेर घाइते भएका समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ