१२ पुस २०८२, शनिबार । December 27, 2025

बिहारमा भीषण आगलागी, ३० जना घाइते



एजेन्सी । भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगञ्ज इलाकामा आगलागी भएको हो । अधिकारीहरूका अनुसार विद्युत चुहावट भई सुरू भएको आगालागीपछि त्यहाँ रहेको ग्यास सिलिण्डर विस्फोट भएको थियो । “स्थानीय समयअनुसार बिहान २ः३० बजे छठ पूजाका लागि मेरी श्रीमतीले खाना पकाउँदै थिइन् ।

एक्कासि भवनमा आगो लाग्यो र सबैतिर फैलियो त्यसपछि हामी भाग्न थाल्यौं तर दोडिरहेका हामीहरू सुरक्षित स्थानमा पुग्नु पहिले नै खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भयो यसै कारण धेरै मानिस घाइते भए ।” परिवारका लगभग २० जना सदस्य घाइते बनेका स्थानीय ब्यापारी अनिल गोस्वामीले सञ्चारमाध्यमलाई बताए ।

आगलागी पछि प्रहरी र दमकल विभागका अधिकारीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए । आगो निभाउने क्रममा सात जना प्रहरी र केही स्थानीयवासीसमेत आगोले पोलेर घाइते भएका समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist